Section 26
हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
कोषको प्रशासक, सहायक प्रशासक, संचालक, अधिकृत वा अरू कर्मचारीहरूले यो ऐन बमोजिम कामकाज गर्दा बेइमानी चिताएको वा जानी जानी बेहिसाब गरेको रहेनछ भने निजहरूको कामकाजबाट पर्न आएको कुनै हानी नोक्सानीको निमित्त निजहरू व्यक्तिगत तवरले जवाफदेही हुनेछैन ।